अलपत्र बालकलाई उद्धार गरी खोजतलास केन्द्रमा पठाइयो

पथरीशनिश्चरे, २३ कार्तिक । अलपत्र अवस्थामा फेला परेका एक बालकलाई उद्धार गरी आज मंगलबार बालबालिका खोजतलास केन्द्र विराटनगरमा पथरीशनिश्चरे नगरपालिकाले पठाएको छ ।
स्थानीय समाजसेवी किसान राईसमेतका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १० वर्षीय दलित बालकलाई फेला पारी नगरपालिका कार्यालयमा सम्पर्क गराएका थिए । त्यसपछि उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बालकलाई विराटनगरस्थित उक्त केन्द्रमा पठाइएको हो ।
झापाको विर्तामोड घर बताउने बालकले आफ्ना बुबाले विष सेवन गरेर आत्महत्या गरेको र आमा समेत नभएपछि गाडी चढेर आउँदा पथरी आइपुगेको सुनाएका थिए । पथरी क्षेत्रमा बालकका कोहि आफन्त खोजी गर्दा पत्ता नलागेपछि नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितका कर्मचारीले बालकलाई बालबालिका खोजतलास केन्द्रमा पुर्याएका थिए । यस अघि पनि उपप्रमुखको पहलमा बेसहरा बनेका बालबालिका र सडकपेक्षी मानवहरुको उद्धार गरी संरक्षण गृहमा पठाउँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published.