दमक ,२३ कार्तिक । झापा ५ नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचनमा उम्मेदवार बनेका तीनै जना जनप्रतिनिधिहरु महासमिति सदस्यमा निर्वाचित भएका छन् ।यसरी निर्वाचित हुनेमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराई प्रसाई रहेकी छन् ।
पाँच जना खुला सदस्यमा उम्मेदवार बनेका कमलका राईले गएको महाधिबेशनको निर्वाचनमा सर्वाधिक मत ल्याएर जित निकालेको रेकर्डलाई महासमितिको निर्वाचनमा आफनो उचाई कायम गर्न सफल भएका छन् । खुला सदस्यका १० जना उम्मेदवार मध्ये राईले ३५४ मत ल्याएर विजयी बने । पहिलोपटक महासमिति सदस्य बनेका उनी पार्टीका कोशी प्रदेश समितिका सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
त्यसैगरि, दमकका पूराना नेता शुरेस सुब्बा लगातार ४ औ पटक महासमितिमा विजयी वने । उनले ३३८ मत ल्याए । यस्तै, गौरादहका अनिलकृष्ण प्रसाईले (३२८ ) , मेदनी सिटौला (३३८ ) र रोहितकुमार साह ( ३२६ )मत प्राप्त गरि निर्वाचित भए ।
पराजित हुन पुगेका सत्यनारायण चौधरी २८४,राजन बहादुर ढुङ्गाना २५८ , टिकाराज सापकोटा ३१७, हेमन्त कार्की ३०५ र अम्बर बहादुर बराईलीले ङ ७५ मत पाएका छन् ।
यसैगरि, खुला दुई महिला सदस्यतर्फ दमककी रेगिना भटटराई (४७३) र गौरादहकी लक्ष्मी बाह्कोटी प्रसाई (४४८ ) मतका साथ विजयी बनिन् । उनीहरुका प्रतिष्पर्धी चन्द्रा खड्का भटटराईले २६१ मत ल्याईएकी थिइन् । यसैगरि, खुला खस पुरुषतर्फ दमकका डा. नेत्र बुढाथोकी (३५८) विजयी भए भने उनका प्रतिद्धन्दी दमककै विक्रम अधिकारी (२६४) ले मत पाएका थिए ।
यसैगरि, खस आर्यकै महिलाकोटामा दमककी मन्दरा चिमरिया (४९५) ल्याई विजयी भईन् भने उनकी प्रतिद्धन्दी तुलसा पन्त (१३८) ले मत पाएकी थिइन् । यसैगरि, आदिवासी जनजातितर्फ पुरुषमा दमकका आइन्द्र विक्रम केरुङ (३९१) मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी भूमिराज राईले (२५१) मत पाएका थिए ।
यस्तै, आदिवासीजनजातिकै महिलातर्फ गौरीगन्की फूलवती राजवंशी(३६४ ) मत ल्याएर विजयी हुदाँ उनकी प्रतिद्धन्दी रमा लिम्बूले भने (२८५ ) मत ल्याएकी थिइन् । आज भएको महासमितिको निर्वाचनमा कुल ७ सय ३२ मत मध्ये ६ सय ९१ मत खसेको थियो ।
खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्यका लागि ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको थियो ।