झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या

झापा, २३ कात्तिक । झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो । घटनाका बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.