ओली भन्छन् ,–‘ एमालेले नजिते देश बर्बाद दिशामा जाने छ ’

दमक, २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले नजिते देश बर्बाद दिशातर्फ धकेलिने बताएका छन् । झापा क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले बुधबार दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे देश बनाउन एमालेवाहेकका राजनीतिक दलको कुनै स्पष्ट योजना नै नरहेको आरोप लगाए । यो निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गर्दे उनले कतै एमाले हारे देशले नै हार्ने धारणा राखे ।
देश बनाउन सुढृण राष्ट्रिय शक्ति चाहिने भएकाले त्यस्तो शक्ति एमाले मात्र भएको उनको भनाई थियो । उनले भने , –‘ नेपाली कांग्रेस, माओवादी केन्द्र,नेकपा एस लगायतको गठबन्धन तथा स्वतन्त्र समूहले देशलाई समृद्धि तथा बिकास दिन सक्दैन । त्यसैले देश बनाउन एमाले चाहिन्छ ’
नेकपा एमाले मात्र देशप्रति चिन्तित भएको चर्चा गर्दे उनले अहिलेका सत्तारुढ गठबन्धनबाट देशको भविष्य नरहेको जिकीर गरे । निर्वाचनमा एमालेलाई हराउन सत्तारुढ शक्ति जतिसुकै लागेपनि त्यसलाई जनताले मतदानमार्फत परास्त गर्ने उनले विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा उनले कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्ने घनेन्द्रराज योङया ,बलभद्र कोइरालालगायतकालाई पार्टी प्रवेश गराएका थिए ।एमाले अध्यक्ष ओली दुई दिने कार्यक्रममा सहभागी हुन मंगलवार झापा आएका हुन् ।

Leave a Reply

Your email address will not be published.