मन्त्री थापाको निधनमा बिहीबार सार्वजनिक विदा

मोरङ ,२३ कार्तिक । मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा भोलि विहिवार एक दिन प्रदेशभरि सार्वजनिक विदा दिएको हो । शोक निधनमा भोलि सम्पूर्ण सरकारी कार्यालय तथा संघसंस्थाहरुलाई विदा दिइएको उल्लेख छ ।
मोरङ -३ प्रदेशसभा (क ) का उम्मेदवारसमेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.