गृहनगरमा मिडफिल्डर सरु सम्मानित

पथरीशनिश्चरे, २४ कार्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई उनको गृहनगर पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
शुक्रबार पथरी- ११ फुटबल क्लबद्वारा आयोजित सम्मान कार्यक्रममा उनलाई २५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो।
साफ च्याम्पियनसिप नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष सुमन विकले जनाएका छन् ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर सरु पथरीशनिश्चरे नगरकी स्थायी बासिन्दा हुन्।

Leave a Reply

Your email address will not be published.