बिर्तामोड, २२ कात्तिक । सहकारी ठगीको आरोपमा ५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् । बुद्धशान्ति–१ जूनेली बस्ती बस्ने ४४ वर्षीय सूर्य तामाङलाई आफ्नै घरबाट शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ठगी मुद्दामा जिल्ला अदालत इलामबाट २०७५ बैशाख १० गतेको फैसलाले उनलाई २ वर्ष कैद र ५० लाख ३० हजार २६५ रुपैयाँ जरिवाना तोकिएको थियो ।
ठगीपछि उनी लुक्दै आएका थिए । घर आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।