झापा,२२ कार्तिक । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधान रहेका छन् ।
आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा उनलाई शनिवार विहान १० वजेतिर अचानक करेन्ट लागेको थियो । घाइते प्रधानलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पु¥याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
साथै पोखरी छेउमा बाँधिएको गाई समेतलाई करेन्ट लागेर मरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।