दमक ,२२ कार्तिक । नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित आइन्द्रविक्रम केरुङ महासमिति सदस्य उम्मेदवारी छ ।महासमिति सदस्यका लागि तोकिएको आदिवासी जनजाति कोटाबाट उम्मेदवार बनेका केरुङका पार्टीमा नयाँ उर्जा र कांग्रेसमा पुनः जागरणका लागि आफनो उम्मेदवारी रहेको बताए । महासमिति चुन्नका लागि बिहिबार मतदान हुदै छ ।
दमकलाई कर्मथलो बनाएर राजनीतिमा सक्रिय नेता केरुङको राजनीतिक पृष्ठभुमि नेविसंघ हो । बिद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले नेविसंघमा बिद्यार्थीहरुलाई आवद्ध गराई लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर भुमिका निर्वाह गरेर महत्वपूर्ण योगदान पुरयाएका थिए ।
नेविसंघको नेतृत्व गर्दै दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पहिलोपटक नेविसंघको झण्डा फहराउन सफल भएका नेता केरुङ पार्टीको १३ औं र १४ औं महाधिबेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । यसपटक महासमिति सदस्यका लागि आफनो योग्यता पुगेको ठान्छन् उनी ।
महासमितिमा युवा सहभागिताका लागि पनि आफनो उपस्थिति आवश्यक भएको बताउँउदै सालिन र सरल स्वभावका धनी केरुङ पार्टी कार्यकर्ताहरुमाझ लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् । नेपाली राजनीतिमा कांग्रेसको भुमिका सशक्त बनाउन पार्टीमा युवा पुस्ताको उदय भइसकेकाले आफनो उम्मेदवारी त्यसैको परिणामका रुपमा रहेको केरुङको तर्क छ । पार्टीमा पाकाहरुको आशिर्वाद र युवाहरुको साथ आवश्यक भएको बताउँदै युवा नेता केरुङ भन्छन्, –‘अव युवाको भुमिका हस्तक्षेपकारी हुनुपर्छ । मेरो उम्मेदवारी त्यसैका लागि पनि हो ।’ यस क्षेत्रका क्षेत्रीय प्रतिनिधि,वडा सभापति,नगर सभापतिहरुले साथ र सहयोग गरिदिनु हुने छ भन्ने विश्वास उनको छ ।