उर्लावारी,२३ कार्तिक । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बाँसको अस्थायी पूल सञ्चालनमा छ ।११ वर्षअघि निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएपछि रतुवा खोलामा सवारी चालक र पैदलयात्रीले बाँसको प्रयोग गरी बनाईएको अस्थायी पूल तर्न बाध्य भएका हुन्।
विराटनगरदेखि करिब ४३ किलोमिटर पुर्वमा रहेको यो पुल खासगरी वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुँदै झापा जाने र आउने यात्रुले सास्ती खेप्नु परीरेहेको छ।
मोरङको गौरीगञ्ज, रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका सर्वसाधारणले भद्रपुर जान पनि भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ।
खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन् । भारतीय वाटोबाट जाँदा ३० किलोमिटर यात्रा गर्नुपर्छ, पूर्व पश्चिम राजमार्ग पुग्न पनि २० देखि २२ किलोमिटर उत्तरतर्फ जानुपर्छ। जसका लागि करिब १ घण्टा लाग्छ । साउन भदौ महिनामा डुङ्गा चढेर मानिसहरूले आवतजावत गरेका थिए। यतिवेला बाँसको अस्थायी पुलबाट यातायात गर्न बाइक साइकल तथा पैदल यात्रीहरूले अहिले पनि पैसा तिर्नुपर्छ। एउटा मोटरसाइकलको ५० रुपैंया र साइकलको ३० रुपैंया लिने गरिएकोू त्यहाँका एक स्थानीयले बताए । हाल दैनिक ३ सय देखि ५ सय जनासम्म दैनिक बाँसको अस्थायी पुल प्रयोग गरेर आवतजावत गर्छन्।
विसं २०६५ सालमा शिलान्यास गरिएको सो हुलाकी राजमार्ग अन्तर्गत सो मार्ग २०७२ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर बाढीका कारण पुलको दुवै साइड बगाएपछि अहिले सो पुल खोलाको बिचमा रहेको छ । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९२८ रुपैंया लागतमा निर्माण गरिएको थियो । गत चालु आर्थिक वर्षको जेठ(असार महिनामा निर्माण कार्य थालिए पनि वर्षातका कारण सो कार्य स्थगित छ। गएको वर्षातले पुलको पूर्व भागमा कटान गरेपछि तार ,जाली ,ढुङ्गा सहितको स्पोर( स्ल्याब र साईड वाल निर्माण गरि पुललाई पूर्णता दिने काम भैरहेको छ।
हुलाकी सडक योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुलको निर्माणकार्य भइरहेको छ ।
विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २२ करोड १२ लाख ३७ हजार ६६० रूपैयाँमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले पुल पुनः ठेक्का लिएको हो ।
पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी विराटनगर पुग्न सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ ।
कार्यालयका सूचना अधिकारी राईले भने, “निर्माण व्यवसायीले निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाइरहेका छन् । हुलाकी राजमार्ग अन्तरगतका झापा खण्डका पुलहरूमध्यें कनकाई नदीको एउटा पुल बन्न बाँकी रहेको छ ।