झापा, २१ कात्तिक । झापामा मोटरसाइकलको ठक्करबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ७ का ६० बर्षिय क्षितिज राजवंशी र
अर्जुनधारा ४ का ५५ बर्षिय कृष्णबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार करिव पाँच महिनाअघि गत जेठ २५ गते राति ९ः४५ बजे मेचीनगर –७ स्कुलडाँगीस्थित भित्री सडकखण्डमा मदन बस्तीबाट इटाभट्टातर्फ आउँदै गरेका साइकल यात्रीलाई सोही दिशातर्फ आउँदै गरेको मे।७ प।५००६ नं।को मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा साइकल यात्री सोही ठाउँ बस्ने बर्ष ६० का क्षितिज राजवंशी घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा गत भदौ ९ गते उनी उपचारपश्चात् डिस्चार्ज भएका थिए । आज दिउँसो १स३० बजे उनको आफ्नै घरमा मृत्यु भएको हो ।
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको कमाण्डमा टोली खटिएको छ । मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं।७ बस्ने वर्ष ४० का काल्टु राजवंशी अंगभंग कसुरमा कारागारमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ । दुई दिनअघि बुधवार साँझ ७.२५ बजे बिर्तामोड १ अञ्जली अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्जुनधारा ४ बस्ने ५५ वर्षीय कृष्णबहादुर मगर गंभीर घाइते भएका थिए ।
कन्यामबाट पश्चिम दुहबीतर्फ जाँदै गरेको प्र १–०२–००१ प ३५५७ न।को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मगरलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा आज दिउँसो ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका वडा नं। ६ बस्ने २० वर्षीय बसन्त माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।