‘नरेन्द्र सर ’ रहेनन्

दमक,२१ कार्तिक । ‘नरेन्द्र सर ’ भनेर चिनिएका झापा कमल गाउँपालिका ६ सोनापुरका अग्रज अभिभावक नरेन्द्र सापकोटाको निधन भएको छ । शैक्षिक ,धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुरयाँएका ९३ बर्षिय सापकोटाको शुक्रवार विहान १०.२५ वजे आफनै निवासमा निधन भएको हो । मिजासिला स्वभावका धनी उनी वर्षदिन यता पेट सम्बन्धी रोगवाट पीडित थिए ।

सापकोटा साविक लखनपुर गाविस हुदाँ नेपाली कांग्रेसका संस्थापक सभापति हुन् भने सोहि वडामा पर्ने वाणी माविका संस्थापक प्रधानाध्यापक भएर लामोसमयसम्म शैक्षिक सेवा पुरयाँएका थिए । उनको अगुवाईमा सो विद्यालय स्थापना भएको थियो ।

स्व. सापकोटाका धर्मपत्नी खिनमाया र पाँच छोराहरु खगेन्द्र, नारायण ,राजु ,टिकाराज र गोपाल सापकोटा रहेका छन् । छोराहरु मध्ये टिकाराज कांग्रेसका महाधिबेशन प्रतिनिधि ,सुर्यदर्शन शाकोस र कमल ५ स्थित मंगलमय माविका अध्यक्ष हुन् ।
स्व. सापकोटाको पार्थिव शरीर भोलि शनिवार विहान १० वजे कन्काई नदीमा अन्त्येष्टि गरिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.