दमक, २१ कार्तिक । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जीवनी सम्वन्धि पुस्तक सार्वजनिक गरिएको छ ।किताब तुम्वापो समाज सेवा संघ नेपाल केन्द्रीय समितिले किरात धर्मको तपोभूमि पाँचथरको लबेकुटीमा एक कार्यक्रम गरि लिङदेनको जीवनी सम्वन्धि किताब विमोचन गरिएको हो । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरि चन्द्र लावतीले बिमोचन गरे ।
पुस्तक लेखकद्वय रमेश तुम्बापो र मनकुमार फेजङद्वारा गहन खोज, अनुसन्धान गरी तयार पारिएको ’निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ तयार गरेका हुन् । पुस्तकको विमोचनका क्रममा भाषाविद् लावतीले महागुरु फाल्गुनन्द लिम्वू समुदायको मात्र गुरु नभएर सबै जाती धर्मको भएका र उनको दर्शन अहिले पनि उत्तिकै उपयोगी रहेको बताए ।
तुम्वापो समाज सेवा संघ नेपाल केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष धनराज तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा समीक्षक लेखक अबोध अविरलले महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जीवनी सम्वन्धि प्रकाशित किताब अनमोल कृति भएको उल्लेख गरे । यस कृतिमा महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले गरेको सत्य धर्म मुचुल्का,आध्यमिक चेतना, पानी पारेको ,पहिरो रोक्ने चमत्कारी विषय लगायत समावेश छ ।
अका समिक्षक पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी ढुङगाना, मधु केरुङ, फिदिम नगरपालिका ५ का वडाअध्यक्ष भरत तुम्वापो,लेखक रमेश तुम्वापो लगायतले महागुरुको विचार दर्शनलाई आत्मसाथ गर्न सके अहिले विश्वमा देखिएका समस्या हल हुनेमा जोड दिएका छन् ।
फाल्गुनन्द लिङदेनको जीवनी सम्वन्धिको किताबमा उहाँको वाल्यकाल र ज्ञान प्राप्त,पल्टनमा भर्ती,प्रथम विश्वयुद्धमा नाम परिर्वतन ,स्वदेश आगमन, चार धामको यात्रा ,पहिरो रोकथाम र सिलौटीको त्रिशुल र १७ थुमका प्रतिनिधिवाट चार धाम लगायतका विषय समेटेको माङसेबुङ पब्किेशन इलामका सञ्चालक धन बहादुर थेवेले बताए ।