झापा, २१ कार्तिक । पिकअपको ठक्करबाट झापाको बिर्तामोडमा एक जना साईकल यात्रीको मृत्यु भएको छ ।प्रहरीका अनुसार सोमबार बिहान ५ बजे तिर पूर्वपश्चिम राजमार्गको विर्तामोड ३ स्थित सडकखण्डमा प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअपले ठक्कर दिदाँ स्थानीय ६० बर्षीय उदय बहादुर गहतराजको मृत्यु भएको हो । पिकअप गाडीले ठक्कर दिदा घाईते भएका गहतराजको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक मोरङ ,पथरी शनिश्चरेका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।