दमक,२१ कार्तिक । दमक ६ लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारीले संस्थाले आफनो साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन पुस्तिका सार्वजनिक गरिएको हो । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिम्बू लिङदेन (संकल्प ) , उपाध्यक्षमा फूलकुमारी नेम्बाङ आङदेम्बे,सचिव देशराज नेम्बाङ,सदस्य कमला योङहाङ,सुबास आचार्य, संस्थाका प्रमुख सल्लाहकार जनकसेन जवेगु,संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगु , प्रमुख व्यवस्थापक कुवेर तुम्बापो लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष लिङदेनका अनुसार कार्तिक २२ गतेदेखि इकाईगत रुपमा ११ औ साधारणसभा शुरु भई मंसीर ५ गते दमकको पशुपति मन्दिरको सभाहलमा समापन गरिने कार्यक्रम रहेको छ । जसअन्तर्गत २२ गते विर्तामोड सेवा केन्द्र, २३ गते झिलझिले सेवा केन्द्र,२४ गते उर्लावारी सेवा केन्द्र, २७ गते इलाम, माङसेवुङ,२८ गते चुलाचुली सेवा केन्द्र , २९ गते कमल गाउँपालिकाको मंगलवारेमा इकाईगत साधारणसभा सम्पन्न हुने अध्यक्ष लिङदेनले जानकारी दिए ।
साधारणसभाको समापनमा पत्रकारसहित ज्येष्ठ शेयर सदस्य , उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य, उत्कृष्ठ आवधिक बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छन् ।
गएको वर्षसम्ममा ४ करोड ६५ लाख १२ हजार ३ सय शेयर पूंजी रहेको संस्थामा चालु वर्ष भित्र शेयर पूंजी बृद्धि गरि ५ करोड २९ लाख ६० हजार ७ सय पुरयाँउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै, चालु वर्षमा विभिन्न उद्धेश्यमा ४८ करोड६२ लाख ७८ हजार ऋण लगानी, जगेडा कोषमा ९६ लाख २६ हजार १ सय १५ पुरयाँउने लक्ष्य रहेको जनाईएको छ ।
झापा, मोरङर इलाम जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले बिर्तामोड , झिलझिले र मोरङको उर्लावारीका शेयर सदस्यहरुको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ भने चालु वर्षमा इलामको चुलाचुलीमा सेवा केन्द्र सञ्चालनमा ल्याईने संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगुले बताए ।