वर्ल्डलिंकको बिल तिर्दा बिर्तामोडका मनिराजले जिते दुबई घुम्ने चिठ्ठा

झापा, २० कात्तिक । खल्ती वालेटबाट वर्ल्डलिंकको इन्टरनेटको बिल तिर्दा बिर्तामोडस्थित मोमो फ्याक्ट्रीका सञ्चालक मनिराज फुयालले दुबई टुरको चिठ्ठा जितेका छन् ।खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौँ रमेर” अफर अन्तर्गत सञ्चालक मनिराज फुयालले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् ।

सुरुमा कार्यालयमा फोन आउँदा आफुलाई कसैले जिस्क्याएको भन्ने लागेको थियो र पछि साँचिकै हो भन्ने भएपछि आफुलाई खुशी लागेको बताए ।वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ र हरेक हप्ता खल्तीले लक्की ड्र मार्फत दुई जोडीलाई दुबई टुर दिँदै आएकोमा तेस्रो हप्ताको लक्की ड्र का विजेता बिर्तामोडस्थित मोमो फ्याक्ट्रीका संचालक हुन्।यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् ।यस अन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भौचर पाउँछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउँछन् । खल्तीले ती भौचरमार्फत हरेक साता नेपालका चर्चित सेलिब्रेटीको हातबाट लक्की ड्र गरी दुई ओटा भौचर छान्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published.