फाल्गुनन्द शाकोसद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

दमक,२१ कार्तिक । दमक- १ हवल्दार चौंकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाको आफनै सभाहलमा बुधबार पत्रकार सम्मेलन गरि संस्थाले निकालेको बार्षिक प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरिएको हो । प्रतिवेदनको सञ्चालक समितिका अध्यक्ष पदम लिङदेन (संकल्प ) ,प्रमुख सल्लाहकार जनकसेन जवेगुसहित संस्थाका पदाधिकारी ,सदस्य तथा लेखा समितिका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
संस्थाको १३ औ बर्षिक साधारणसभा कार्तिक २२ गतेदेखि इकाईगत साधारणसभा शुरु भई यहि मंसिर ५ गते सम्पन्न गरिने कार्यक्रम रहेको प्रमुख व्यवस्थापक कुवेर तुम्बापोले बताए । इकाईगत साधारणसभा कार्यक्रम अनुसार २२ कार्तिकमा विर्तामोड सेवा केन्द्र,२३ गते कार्तिकमा झिलझिले सेवा केन्द्र , २४ गते मोरङको उर्लावारी सेवा केन्द्रमा र मंसिर ५गते दमकको पशुपति मन्दिरमा निर्णय एकीकरण तथा माइन्यूट प्रमाणिकरण गरि साधारण सभाको समापन हुने छन् ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगुले संस्थाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएका नीति तथा कार्यक्रम,कारोवार तथा अन्य सेवा प्रवाहको विषयमा चर्चा गरेका थिए । संस्थाकी उपाध्यक्ष फूलकुमारी नेम्बाङ (आङदेम्बे) ले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संञ्चालन संस्थाका कर्मचारी सन्दिप लावतीेले गरेका थिए । सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष संगीता सेरेङ, सदस्य खड्ग राई, लेखा समितिका संयोजक वीरवहादुर लावती, शक्ति सावा लगायत सञ्चालक समिति,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
झापासहित इलामको चुलाचुली, मोरङको उर्लावारी नगरपालिकामा कार्यक्षेत्र रहेको संस्थाको शेयर सदस्य संख्या २३७५ पुगेको छ । त्यस्तै, ३ करोड८६ लाख ७६ हजार ७ सय रुपैया शेयर पूंजी ,१२ करोड ७९ लाख २८ हजार ५९८ निक्षेप , १९ करोड ६९ लाख २३ जार १८० ऋण लगानी , २३ करोड ११ लाख ४१ हजार २२२ रुपैया वासलत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.