सुरुङ्गा,२० कार्तिक । विद्युतीय करेन्ट लागेर झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुमा आज दिउसो एकजना मजदुरको मृत्यु भएको छ ।स्थानीय हरिहर पराजुलीको घरको माथिल्लो तलामा काम गर्नेक्रममा विद्युत चुहिएर कनकाई नगरपालिका ६ चम्पापुरका ३३ बर्षिय रामकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घर निर्माणका लागि तलबाट माथिल्लो तलामा रड लैजाने क्रममा अचानक घरमाथिको विद्युतीय तारमा परेर घाईते भएका श्रेष्ठको उपचारका लागि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पु¥याउन साथ मृत्यु भएको थियो ।प्रहरीले घटनाका बारे थप अनुसन्धान भईरहेको जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।