कमल,१९ कार्तिक । नेकपा(माओवादी केन्द्र) कमल गाउँ कमिटीका अध्यक्ष रबिन गुरुङलाई पितृशोक परेको छ ।कमल- ७ पिङडाँडा निवासी उनका पिता जाल बहादुर गुरुङको आज विहान ११.३० वजे घरैमा निधन भएको हो । ६८ वर्षिय मृतक गुरुङ लामोसमयदेखि अस्वस्थ्य थिए । उनको पार्थिव शरीरलाई भोलि सोमबार विहान १० वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।मृतकका श्रीमती भिमकुमारी , छोरा रविन र तीन छोरीहरु रोजिना,रञ्जिता , शुष्मा गुरुङ रहेका छन् ।