लेनदेन विवादका क्रममा छुरा प्रहार , सोनु अहमद गम्भीर घाइते

दमक,२० कार्तिक । दमकमा लेनदेन विवादपछि छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।दमक- ६ स्थित नमुना मार्गमा रहेको नमुना सटिङ सुटिङ टेर्लसमा काम गर्ने दमक- ७ का २७ वर्षीय सोनु अहमद छुरा प्रहारबाट गम्भीर घाइते भएका हुन् ।

लेनदेनको विषयलाई लिएर भएको विवाद हुदाँ धरान उपमहानगरपालिका -३ का २९ वर्षीय एजात अहमदले सोनुको पेटको बाँया भागमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक रूपमा घाइते सोनुलाई लाईफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिएण्सी अस्पतालमा लगिएको थियो। घाईतेको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
छुरा प्रहारपछि फरार भएका एजात अहमद प्रदेश नं.१-०२-०४५ प ६३१९ नम्बरको स्कुटरमा भाग्ने क्रममा दमक चौंकको गणतन्त्र चोकमा अनियन्त्रित भई दुर्घटनामा परेका छन्। दुर्घटनाका कारण उनको बाँया खुट्टामा चोट लागेको छ । उनलाई बोल्न सक्ने अवस्थामा निम्स अस्पताल दमकमा प्रहरीले निगरानीमा राखेको  छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.