दमक,१९ कार्तिक । याक्थुङ युवा मञ्च दमकको अध्यक्षमा आकाश लिम्बू चुनिएका छन् । आज शनिबार दमकको किरात भवनमा सम्पन्न मञ्चको दोश्रो अधिबेशनले आकासको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्वयमा आशिका सम्बाहाम्फे, लिलाहाङ लिम्बू, सचिवमा वचन केदेम र कोषाध्यक्षमा समीक्षा चेम्जोङ चुनिएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा सोनि लिम्बू, इक्सा लिम्बू, पुनाहाङ लिम्बू, अन्जान लिम्बू, भिसेन लिम्बू र सिर्जना लिम्बू लगायत रहेका छन् ।
मञ्चका अध्यक्ष उमा सम्बाहाम्फेको अध्यक्षतामा भएको अधिबेशन उद्घाटनमा किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको थियो । अधिबेशनमा प्रमुख अतिथि चेम्जोङ, मञ्चका केन्द्रीय उपाध्यक्ष राजेन्द्र इधिङ्गोलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अनिस लिम्बुलगायतले नृत्य प्रस्तुत गरेका थिए ।