दमकमा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालनमा

दमक ,१९ कात्तिक । दमकमा महिलाको प्रजनन स्वास्थ्य र पाठेघर सम्बन्धि सेवा दिनका लागी सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।नेपाल परिवार नियोजन संघको सञ्चालनमा रहने उक्त क्लिनिक आज सुरु भएको हो । दमक वडा नम्बर ४ पहिला वडा कार्यालय रहेको भवनलाई नगरपालिकाले उपलब्ध गराएपछि उक्त ठाउँमा क्लिनिक सञ्चालन गरिएको हो ।
क्लिनिकको आज परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजु र दमक नगरपालिकाका प्रमुख राम थापाले संयुक्त रुपमा शुभारम्भ गरे । क्लिनिकको शुभारम्भ गर्दै नगर प्रमुख थापाले यस क्षेत्रका महिलाहरुको प्रजनन स्वास्थ्यका लागी क्लिनिक सञ्चालन गरिएको जानकारी दिए ।
महिला स्वस्थ भए परिवार र समाजनै स्वस्थ्य हुने भन्दै उनले क्लिनिकबाट बढि भन्दा बढि सेवा लिन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरे । त्यसैगरी परिवार नियोजन संघका केन्द्रिय अध्यक्ष कसजुले दमकमा सञ्चालन गरिएको क्लिनिक नमुना रहेको भन्दै क्लिनिक सञ्चालनमा सहयोगका लागी दमक नगरपालिकाको प्रंशसा गरे ।
क्लिनिकमा बिषेशज्ञ चिकित्सकसहित प्रजनन स्वास्थ्यको उपचार गरिने दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताईन् । प्रजनन स्वास्थ्यको चेतना नहुँदा महिलाहरुमा भित्र भित्रै धेरै समस्या भैरहेको भन्दै उनले तत्कालै समस्या पहिचान गरी निदान गर्नका लागी क्लिनिक सञ्चालन गरिएको उल्लेख गरिन् ।
जिल्लाको माईपश्चिम क्षेत्रलाई सेवा दिने गरी दमकमा क्लिनिक सञ्चालन गरिएको नेपाल परिवार नियोजन संघ झाप जिल्ला सभापति लोकनाथ भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.