श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ओखलढुङ्गा ,१९ कार्तिक । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आएका ६१ वर्षीय रामबहादुर राईलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती सामान्य घरायसी विवादका क्रममा राईले ३३ वर्षीया श्रीमती कल्पना खड्का राईलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटना स्थलमै उनको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । आरोपित राईलाई श्रीमती हत्या आरोपमा शनिबार बिहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.