अन्तरपालिका जिल्लास्तरिय भलिवलको उपाधि दमकलाई

गौरादह,१८ कार्तिक । झापाको गौरादहमा सम्पन्न झापा जिल्ला स्तरिय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दमकले जितेको छ । जितसंगै दमकले नगद १ लाख प्राप्त गरयो ।
गौरादहको जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा दमकले भद्रपुरमाथि शानदार जित हासिल गर्दै उपाधि जितेको हो । दमकले भद्रपुरमाथि सोझो सेटमा जित हासिल गरेको थियो। पहिलो सेट २५- १७ ले जितेको दमकले दोश्रो सेटमा ५ अंकले पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट पुनरागमन गर्दै २७-२५ ले जित्यो।
त्यसपछि तेश्रो सेटमा शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको उसले शानदार प्रदर्शन गर्दै भद्रपुरलाई २५-१४ को फराकिलो अन्तरले पराजित गरेको थियो। फाइनल खेलेको म्यान अफ दि म्याच दमकका प्रकाश लिम्बु भए ।
वेष्ट स्पाइकरको उपाधि भद्रपुरका भरत यादवले हात पारे भने वेष्ट सेटरको उपाधि दमकका कप्तान मुस्कान लिम्बुले जिते । त्यस्तै वेष्ट लिब्रोको उपाधि भद्रपुरका पारस शर्मा,म्यान अफ दि सिरीजको उपाधि दमकका पुकार तामाङले हात पारे । त्यस्तै उपविजेता बनको भद्रपुरले ५० हजारमा चित्त बुझाउनुपरेको थियो ।
दिपावलीको अवसर पारेर गत कार्तिक १४ गतेदेखि त्यहाँ जनता माविको पूर्व विद्यार्थी तथा सरोकार समाजले झापा जिल्लास्तरिय पालिका भलिवल प्रतियोगिता सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published.