स्वर्गीय राष्ट्र राईको स्मृतिमा दमकमा शोक सभा

दमक, १८ कार्तिक । बेलायतमा रहेर नेपालको खेल जगतमा विशेष योगदान पुरयाँएका दमक निवासी ग्राण्डमास्टर स्वर्गीय राष्टकुमार राईको स्मृति सभा आयोजना गरिएको छ ।दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयका प्राङ्गणमा १६औं पुण्य तिथीको अवसर पारेर आज दमकमा शोक सभा गरिएको हो ।
शोक सभामा स्वर्गीय राईप्रति सम्झनासहित उनको खेल जीवन, सघर्ष र योगदानको चर्चा गरिएको थियो ।नेपाल सगरमाथा तेक्वान्दो दोजाङ दमकका अध्यक्ष जीतबहादुर (जीतुं) धिमालको अध्यक्षतामा र जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा शोक सभामा स्व. राईको तस्विरमा माल्यापर्ण गर्नुका साथै सहभागि अतिथि प्रशिक्षक तथा खेलाडीहरुले पुष्ष्गुच्छा अपर्ण गरेका थिए ।
कार्यक्रममा स्व.राईका छिमेकी समेत रहेका दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देबीप्रसाद दाहालले स्वर्गीय राईका बाल्यकाल, युवा अवस्था, पारिवारिक अवस्था, सामाजिक तथा आर्थिक अवस्था लगायतका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१४ का वडा अध्यक्ष समेत रहेका जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष सुब्बाले स्वर्गीय राईको खेल जीवनको बारेमा चर्चा गरेका थिए । बेलायतबाट नेपालको खेल क्षेत्रको विकास र तेक्वान्दो खेलको विकासमा लाग्न र जुट्न सधै प्रेरित गरिआएको स्मरण गदैं उनले स्व. राईको निधनले नेपालको खेल जगतलाई निकै ठूलो क्षति पुगेको औल्याए ।२०२१ साल कार्तिक १ गते जन्मिएका ग्राण्ड मास्टर राईको २०८० असोज ४ गते बेलायतमा निधन भएको थियो । उनी नेपाल सगरमाथा टेक्वान्दो दोजाङका संस्थापक अध्यक्ष हुन् । सात पटक हङकङबाट गोल्ड मेडालिष्ट उनी बेलायतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित थिए।एक छोरा र श्रीमतीसहित बेलायतमा बस्दैआएका उनी खेल क्षेत्रसंगै सामाजिक कार्यमा सक्रिय थिए ।दमकमा ६ वटा स्थानमा नेपाल सगरमाथा टेक्वान्दो दोजाङले कक्षा सञ्चालन गरिरहेका छन् ।
शोक सभामा नेपाल सगरभाथा तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा सर्वोदय अंग्रजी विद्यालयका प्रिन्सिपल नबीन योगी, सल्लाहकार संयोजक तथा पूर्व खेलाडी गजेन्द्र देवान, तेक्वान्दो वरिष्ठ प्रशिक्षक जीतेन्द्र मेचे, प्रशिक्षकहरु मीरा काफ्ले, मनु कटुवाल, प्रतिमा तामाङ, कमल गाउँपालिका अध्यक्ष हुकुमंिसह राई, सुेरेस सुब्बा, भूमिराज चाम्लिङ राई, प्रकाश प्रसाई, पर्शुराम रिजाल, आइन्द्र केरुङ, रवि केसी, सुरेन्द्र कटुवाल, युवराज (सागर) खनाल, हिमज्योति अंग्रेजी विद्यालयका प्रिन्सिपल टिका निरौला लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.