दमकमा एकैदिन ६ वटा विधाका पुरस्कार घोषणा

पुरस्कार घोषणा गर्दे प्रतिष्ठानका अध्यक्ष अधिकारी

दमक,१८ कार्तिक । दमक प्रज्ञा प्रतिष्ठानले एकैसाथ ६ वटा पुरस्कारको घोषणा गरेको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औ जन्म जयन्तीको अवसर पारेर आज यहाँ प्रतिष्ठानले फरक फरक विधामा पुरस्कारको घोषणा गरेको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए ।
घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी रु ५१ हजार रुपैँया रहेको छ ।
यस्तै ,रु २१ हजार राशीको दमक प्रज्ञा सस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई , रु २१ हजारकै दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।
यस्तै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशीपनि रु २१ हजार नगद नै रहेको छ । यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिने भएको छ । जसको राशी पनि २१ हजार रुपैँया नै रहेको छ भने दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको राशी रु १५ हजार रुपैँया रहेको छ ।
घोषित पुरस्कार प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात मंसीर २५ गते प्रदान गरिने जनाइएको छ ।
प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको पुरस्कार घोषणा कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमना ओली, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिना लगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरुको उपस्थिति रहेको थियो ।
पशुपति मन्दिरको सभाकक्षमा भएको महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा कवि मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र बाल सिर्जनाका बारेमा प्रकाश पारेका थिए भने झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले देवकोटाको जीवनी माथि चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.