गाईघाटमा दमकका उद्योगी,व्यवसायीलाई स्वागत तथा सम्मान

दमक,१७ कार्तिक । उदयपुरको गाईघाटस्थित त्रियुगा उद्योग वाणिज्य संघले गाईघाट पुगेका दमकका उद्योगी,व्यवसायीहरुलाई आज शुक्रवार स्वागत तथा सम्मान गरेको छ ।दमक उद्योग वाणिज्य संघको एक टोली गाईघाट पुगेको अवसर पारेर स्वागत तथा सम्मान गर्नुका साथै द्धिपक्षीय सम्बन्ध विकास गर्ने विषयमा अन्तरकृया समेत सम्पन्न गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताए ।
त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा संक्षिप्त कार्यक्रम गरि दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतका पदाधिकारी,सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाई, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले उद्योग ,व्यवसायको विभिन्न सवालमा चर्चा गरेका थिए । उनीहरुले अर्थतन्त्रको मेरुदण्ड मानिएको समग्र उद्योग ,व्यवसायका क्षेत्रमा सरकारले सहयोग पुरयाँउन नसकेको औल्याएका थिए ।त्यस अवसरमा त्रियुगा उवासंघले दमक उवासंघलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.