पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन

झापा,१६ कार्तिक । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरिएको छ ।लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध पत्रकारहरुको विर्तामोडमा सम्पन्न संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिलदेव राई रहेका छन् भने सचिवमा पुष्प खड्का रहेका छन् । गठित समितिका सदस्यहरुमा पत्रकारहरु मुक्ति पौडेल, कृष्ण हुमागाई, लीलाराज झापाली, सन्तोष शर्मा र गिरिराज भट्टराई रहेका छन् ।
संयन्त्रले झापाका पाँचवटै क्षेत्रमा गठित संयुक्त गठबन्धन दल क्षेत्रीय प्रचार–प्रसार समितिसँगको समन्वयमा निर्वाचनलाई सभ्य, भब्य र निष्पक्षरुपमा सम्पन्न सघाउँ पुरयाँउनेका साथै गठबन्धनको पक्षमा मत परिणाम ल्याउने गरी प्रचारप्रसारलार्ई तीब्र बनाउने जनाइएको छ ।
यसैगरी सो भेलाले साहित्यमार्फत पनि गठबन्धनका उम्मेद्वारको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले साहित्यकार पुण्यप्रसाद खरेलको संयोजकत्वमा जिल्लास्तरीय साहित्यिक संयन्त्र गठन गरेको छ । गठित समितिको सहसंयोजकमा रश्मिशेखर सुवेदी रहेका छन् । दुई सदस्यीय उक्त समितिले आवश्यकता अनुसार क्षेत्रगत प्रतिनिधित्व हुनेगरी सदस्यहरु थप गर्ने जनाइएको छ ।

लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाका संयोजक एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै पत्रकारहरुको पेशागत मर्यादा कायम राखेर अग्रगमन र प्रतिगमनबीचको चुनावी प्रतिष्पर्धामा अग्रगमनका पक्षमा कलम चलाउन आम पत्रकारहरुलाई आग्रह गरे ।
संयन्त्रका सचिव राजु आचार्य अग्नीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका सो कार्यक्रममा पत्रकारहरु गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल, कृष्ण हुमागाई, राजेन्द्र गौतम, गिरिराज भट्टराई, लीलाराज झापाली, सन्तोष शर्मा, उद्वव पुरी, विनोद पाण्डे लगायतले विभिन्न सुझावहरु राखेका थिए । भेलामा नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, केन्द्रीय सदस्य सुशिला संग्रौला लगायत अग्रज र क्रियाशील पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.