रेडस्टार माविमा विद्यार्थीहरुवीच देउसीभैलो

पथरीशनिश्चरे, १७ कार्तिक । मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविले दिपावलीको अवसरमा कक्षागत देउसीभैलो कार्यक्रम आयोजना गरेको छ।
विद्यालयले आज मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो।
उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न र संरक्षणका लागि उक्त प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताए ।
उक्त प्रतियोगितामा कक्षा १ र २ मध्येंबाट कक्षा १, कक्षा ३ र ४मध्येंबाट कक्षा ४ , ५,६ र ७ कक्षामध्येंमा कक्षा ५ तथा ८,९ र१० कक्षामध्येंबाट कक्षा-५ को देउसीभैलो गीत उत्कृष्ट ठहरिएको निर्णायक समितिका सदस्य समेत रहेका वरिष्ठ लेखक तथा कलाकार जीवन बराल जानकारी दिए। विभिन्न सांस्कृतिक पहिरनमा आएका विभिन्न कक्षामा अध्ययनरत छात्रा -छात्रहरूले आ-आफ्नो मौलिक देउसी भैलो खेलेर रमाइलो गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक वसन्त मादेनले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको संयोजन शिक्षिका सरिता भट्टराईले गरेकी थिइन् भने सञ्चालन छात्राद्वय चेतना गामी र सुप्रिया खड्काले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.