धरमपुर,१५ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका वडा न. ३ स्थित पारावारीका सामाजिक अगुवाहरुले दिपावलीमा खेलेको देउसी–भैलीबाट संकलित रकम रु १३ हजार ३५ रुपैया मुटु रोगी पदम बहादुर विश्वकर्माको उपचारमा हस्तान्तरण गरिएको छ ।
संकलित रकम मंगलवार एक संक्षिप्त कार्यक्रम गरेर विरामीकी परिवारलाई हस्तान्तण गरिएको हो ।आर्थिक अवस्था अत्यन्त कमजोर भएका विश्वकर्मा उपचारमा थोरै भएपनि सघाँउ पुरयाँउन तिहारमा देउसीभैली खेलिएको पाराबारी बजारका युवा व्यवसायी बिपिन भट्टराईले बताए ।
सहयोग रकम शिबसताक्षी–३ का वार्ड अध्यक्ष भाष्कर न्यौपानेले हस्तान्तरण गर्दे पारावारीका युवाहरुले खेलेको रचनात्मक कार्य प्रशंसनीय भएको बताए ।