झापा, १५ कार्तिक । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), नेकपा (एकीकृत समाजवादी ) सहितको गठबन्धनकन तर्फबाट झापा क्षेत्र नं ४ (१) प्रदेशसभा सदस्यका साझा उम्मेदवार झलक सिङ दर्लामीले आज शिबसताक्षी वडाँ नं ४ को जनता बजारमा प्रदेश निर्वाचन क्षेत्रको सम्पर्क कार्यालय उदघाटन गरेका छ्न्।
उदघाटनका क्रममा उम्मेदवार दर्लामीले यो क्षेत्रको बिकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजय गराउन अनुरोध गरे । हिजो ब्यबस्था परिवर्तन गर्नका आन्दोलन गर्नुपरेको स्मरण गर्दै अब जनताको अबस्था परिबर्तनमा लाग्ने उल्लेख गरे । हिजो अवसर पाउँदा पनि काम गर्न नसक्नेहरु फेरि पनि डाटन आएकाले सचेत हुन उनले अनुरोध पनि गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भक्ति सिटौलाले पटक पटक सांसद विघटन गर्नेलाई किन भोट दिने ? भनी प्रति प्रश्न गर्दै भ्रष्टाचार मात्रै गर्ने पल्केका ओली कम्पनीले देशलाई समृद्धिमा लान नसक्ने पनि ठोकुवागरे । देशलाई समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको उनले धारणा राखे ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कल्पना कार्की ,राम बहादुर राई ,नेपाली कांग्रेसका प्रदेश सदस्य किरण भट्टराई ,महधिबेसन प्रतिनिधि पर्शुराम ढुंगाना ,चन्द्रमणि नेपाल, प्रदेश (१ )का सचिव निरोज दुलाल ,गठबन्धनका नेता महेस दुलाल , पदम थापा , मिलन ढुंगाना , दुर्गा नेम्वाङ , कचाली ताजपुरिया, होम दुलाल लगायतको उपस्थिति थियोे ।कार्यक्रमको अध्यक्षता निर्वाचन परिचालन समितिका नगर संयोजक अशोक बस्नेत र सञ्चालन सहसंयोजक महेन्द्र भट्टराईले गरेका थिए ।