दमकमा एमालेले निकाल्यो मोटरसाइकल-याली

दमक,१५ कार्तिक । नेकपा एमालेले जनवर्गीय संगठनको सहभागितामा शनिवार दमकमा शक्ति प्रर्दशनका रुपमा मोटरसाइकल -याली निकालेको छ । एमाले दमक नगर कमिटीले संविधानको संरक्षण, संसद पुनस्र्थापना लगायतका माग राख्दै आफ्ना २३ वटा जनसंगठनहरुको सहभागितामा मोटरसाइकल -याली आयोजना गरेको थियो ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आयोजना गरिएको मोटरसाइकल -यालीमा नेता कार्यकर्ता पानीमा भिज्दै सहभागी भएका थिए ।

जनसंगठन संयन्त्र दमक नगर कमिटीका संयोजक विवेक भट्टराईको नेतृत्वमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेश सभा सदस्य होमबहादुर थापा, पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीसहित करिब १० वटा सानो गाडी, ४१० वटा मोटरसाइकलमा गरि करिब ७०० जनाको उपस्थिति रहेको बताइएको छ ।

दमक- ५ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरबाट शुरु भएको मोटरसाइकल-याली दमक ८ को सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, दमक २ को आम्दा रोडबाट मदन डाँगी सडक,फाल्गुनन्द चोक हुँदै दमकको गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

-याली पछि चौंकमा आयोजित कोणसभामा वक्ताहरुले संसद पूर्नास्थापनाको बिकल्प नभएको भन्दै संविधान अनुसार देशलाई निकास दिन आवश्यक भएको जोड दिएका थिए । कोणसभामा प्रदेश कमिटी सदस्य शुसील राई , एमाले दमक नगर अध्यक्ष राम पौडेललगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.