
पथरीशनिश्चरे ,१४ कार्तिक । जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको पथरी शाखाले मृतकका परिवारलाई मृत्युदावी भुक्तानी वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
पथरीशनश्चरे २, मोरङ निवासी स्व.विरेन्द्र लिम्बूको श्रीमति यसोदा लिम्बूलाई कम्पनीका पथरी शाखा प्रमुख रविन्द्र लिङदम सहितको अधिकर्ता र कर्मचारीहरुको टोलीले घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका अभिकर्ता कवि लिम्बुले स्व.लिम्बू प्रस्तावक रहेर आफ्ना बच्चा विसान खजुमको भरण पोषण र शिक्षाका लागि ३ वर्ष अघि १० लाख रुपैयाँ बराबरको बीमा गरेका थिए । स्वर्गीय लिम्बूले वार्षिक ७६,७५० का दरले नियमित ३ वर्षको किस्ता जम्मा गरेका थिए।
तर बीमा अवधि पुरा हुनु अगावै प्रस्तावक रहेका बुबा विरेन्द्र लिम्बूको १ महिना अघि दुर्घटनामा परेर असमायिक निधन भएको थियो । बिमा कम्पनीले पोलिसी अनुसार तत्काल बीमांक १०लाख रूपैयाँ प्रदान गरेको हो ।अव बिमितले बाँकी १२ वर्षको किस्ता तिर्नु नपर्ने र अवधि पुरा भएपछि पुनः बीमाङ्क र बोनससहित थप २० लाख जति पाउने पथरी शाखा प्रमुख लिङदमले जानकारी दिए।