
अध्यक्षमा धनञ्जय
बिर्तामोड ,१४ कार्तिक । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको अध्यक्षमा धनञ्जय बाँस्कोटा चयन भएका छन् । प्रतिष्ठानको छैठौ जिल्ला अधिबेशनको बन्दसत्रले बाँस्कोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
गठित जिल्ला समितिको वरिष्ठ उपाध्यक्ष तर्फ गोपीकृष्ण भट्टराई, उपाध्यक्षमा रामप्रसाद मैनाली, शान्तिराम निरौला, मनकुमार गदाल, ममता प्रसाई, कृष्णप्रसाद घिमिरे, सचिवमा तोयानाथ काफ्ले, सह–सचिव वेणुप्रसाद निरौला र कोषाध्यक्षमा पदम कुँवर चयन भएका छन् ।
समितिको सदस्यहरुमा सरस्वती भुर्तेल जानुका बाँस्कोटा, सकुन्तला चापागाई, खगेन्द्र दाहाल र भवानी लुइँटेल रहेका छन् ।
मानवअधिकारकर्मी सुमित्रा प्रसाईको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष डा. नवीन चापागाईको अध्यक्षतामा भएको अधिबेशन भएको थियो । अधिबेशनको उद्घाटनमा प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनाल र सुमित्रा प्रसाई र केन्द्रीय सल्लाहकार कोमलप्रसाई प्रसाई लगायतको सहभागिता रहेको थियो।