कार्की मृत्यु प्रकरण : कारवाहीको माग गदै दमकमा चक्काजाम

दमक,१४ कार्तिक । झापा ,कमल -६ का ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने बताउँदै पीडित परिवारका आफन्तले मंगलवार दिउँसो दमकमा केहि समय सडक अवरुद्ध गरेका छन् ।
प्रर्दशनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तगर्त दमकको क्याम्पसमोडमा दिउसो ४ वजेदेखि ४.३० वजेसम्म चक्काजाम गराएका थिए । सडक अवरुद्ध हुदाँ त्यहाँबाट गुड्ने ठुला सवारी साधन ठप्प हुनपुगेको थियो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत कार्की गत कार्तिक १२ गते आफनै घरमा पासो लगाएर आत्महत्या गरेका थिए । तर, कार्कीका आफन्तहरुले भने श्रीमती चाहना पोख्रेलसहित उनका ससुरा लगायतले आत्महत्या गर्न बाँध्य बनाएका जिकीर गरिआएका छन् । केहि समयदेखि कार्की दम्पत्तीमा मनमुटाव हुदैआएको थियो । उनको मृत्यु रहस्यमयी भएको भन्दै कार्कीका आफन्तले मृतकका श्रीमतीसहितकालाई कारवाहीका माग गदैं आएका छन् । प्रहरीले सो मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित ससुरालाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्धा चलाएको छ ।
कार्की परिवारले अझैसम्म शव बुझेका छैनन् । प्रहरीले उनको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाएको छ ।

Leave a Reply

Your email address will not be published.