पथरी शनिश्चरे, १४ कार्तिक ।पथरी शनिश्चरेमा जारी क्रिकेट प्रिमियर लिग चौथो संस्करण अन्तर्गत आजको खेलमा आइतबारे अश्त्र र विरेन्द्रनगर जित हासिल गरेका छन्।आज मंगलबार पथरीशनिश्चरे ०१ को प्रस्तावित रंगशालामा संचालन भैरहेको प्रतियोगितामा साबिक बिजेता सात बाघ माथी आइतबारे अस्त्रले ४ रनको साघुरो जित दर्ता गरेको हो।आजको पहिलो खेलमा आइतबारे अस्त्रले दिएको १२१ रनको लक्ष्य पूरा गर्ने क्रममा २० ओभर खेल्दै ९ बिकेट गुमाएर ११६ रन बनायो ।
सातबाघका लागि फिर्दोस अन्सारीले ५ छक्का र २ चौकाको मद्धतमा ४८ रन बनाएर नित्य खडलियाको बलमा मोहमद निसारको हातमा क्याच आउट भए । सातबाघका सन्तोस खरेलले १६ र पुकार राईले १५ रनको योगदान गरे ।
आइतबारेका लागि नित्य खडलियाले ३ , दिपक नेपालीले २ र अभिषेक बिक, दिपेश भण्डारी र राजकुमार मगरले एक एक विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको आइतबारेले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनायो । आइतबारेका लागि मोहम्मद निसारले २९,आदर्श कार्किले २८ र अजित प्याक्राले २३ रनको योगदान गरे।
सातबाघका आयुस अधिकारीले ४ बिकेट लिदा फिर्दोस अन्सारीले २ अनिस लुइटेल र सिदार्थ धिमालले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच नित्य खडलिया घोषित भए।त्यस्तै, आजकै दोश्रो खेलमा बिरेन्द्रनगर स्टिल टाइगरले बुद्ध युनाइटेड लाई ४ रनले पराजित गर्यो । विरेन्द्रनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको बुद्ध युनाइटेडले २० ओभर खेल्दै ९ बिकेट गुमाएर १७० रन बनायो ।
बुद्धका लागि सतिस यादबले ६६ रन बनाए भने रुपेश श्रेष्ठले ३० र समीर कार्कीले २७ रन बनाए । बिरेन्द्रनगरका लागि सुरज न्यौपाने, साइमन दुलाल र नेल्सन दंगालले २(२ र सुदिप चौधारी र सागर कटुवाल १(१ विकेट लिए ।
टस जितेर ब्याटिङमा ओर्लिएको बिरेन्द्रनगर स्टिल टाइगरले २० ओभरमा ६ बिकेट गुमाएर १७४ रन बनायो ।बिरेन्द्रनगरका लागि दुई जना खेलाडीको शतकीय साझेदारीमा विशाल योगफल तय गर्यो । सुरज न्यौपाने र सागर कटुवालले समान ७२ रन बनाए ।न्यौपानेले ९ छक्का र २ चौकाको मद्धतले ७२ रन जोडदा सागरले ५ छक्का र ६ चौका प्रहार गरे । बुद्धका लागि रोहन गहतराजले ४, भुपेन राई र सतिस यादबले १( १ बिकेट लिए ।खेलको म्यान अफ दि म्याच विरेन्द्रनगरका सुरज न्यौपाने घोषित भए ।