मंगलवारेमा सगुन साँझमा कलाकारहरुको प्रस्तुति

दमक,१४ कार्तिक । झापाको कमल ५ मंगलबारेमा सगुन युवा क्लबले हरेक बर्ष गर्दै आएको सगुन साँस्कृतिक साँझ कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको छ ।
क्लबको स्थापनाकालपछि बर्षेनी छठ पर्वको भा्लिपल्ट देउसी भैलो स्वरुप गर्दै आएको साँस्कृतिक साँझ कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको हो ।
क्लबले सोमबार साँझ मंगलबारे बजारमा सगुन साँस्कृतिक साँझको १६ औं संस्करण प्रस्तुत गरेको हो । सो अवसरमा चर्चित झापाली गायिका टिका प्रसाइँ र गायक सिद्धान्त खडकाको विशेष प्रस्तुति दिएका छन । स्थानीय बालबालिकाहरुको कला प्रतिभाको समेत प्रस्फुटन गराउने र प्रोत्साहन गर्ने उद्धेश्यले हुँदै आएको सगुन साँझमा करिब दुई दर्जन स्थानीय कलाकारहरुले आआफनो प्रतिभा प्रस्तुत गरेर मनोरञ्जन दिलाएका छन् ।
क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षता र सो क्लबका संस्थापक अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्धय प्रमोद दाहाल, दिपक खरेल, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु डा. खगेन्द्र पाण्डव अधिकारी, गगन पुरी, पदमकुमारी राई, सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायत प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी अध्यक्ष राईले युवाहरु परिवर्तनका संवाहक भएकाले सामाजिक, राजनीतिक, आर्थिक तथा समग्र क्षेत्रमा युवाहरुले अब नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले सगुन क्लबले स्थापना कालदेखि कला संस्कृति , प्रतिभाहरुको संरक्षण र प्रवद्र्धनका साथै सामाजिक क्षेत्रमा निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गर्दै समाज रुपान्तरणका लागि सामाजिक एकता सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गरे ।
सो कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.