उर्लाबारी,१४ कार्तिक ।मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहारबाट एक १४ वर्षिय किशोरको मृत्यु भएको छ । झापाको दमक नगरपालिका १० बस्ने १४ बर्षिय दिवस श्रेष्ठको छुरा प्रहारबाट आईतबार साझ ज्यान गएको हो ।
छुरा प्रहारबाट घाईते भई बेहोस बनी लडिरहेका श्रेष्ठलाई उनका एकजना साथीले उद्धार गरि उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन संभव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड लगिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए ।
थापाका अनुसार पुजासमारोहमा झैझगडा परेको कुनै पनि जानकारी प्रहरीलाई नआएका कारण छुरा प्रहरमा संलग्नहरुको पहिचान हुन सकेको छैन्। हत्यामा संलग्नहरुको खोजी भईरहेको उनले बताए । ।