झापा,१४ कार्तिक । एम्बुलेन्सको ठक्करबाट झापाको बिर्तामोडमा एक जना वृद्धाको मृत्यु भएको छ । सोमबार साँझ मे १ च ४६२३ नम्बरको एम्बुलेन्सको ठक्करबाट ६९ बर्षिया सिता साह कलवारको मृत्यु भएको हो ।
विर्तामोड १ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत अदुवा पुलमा पैदल यात्री कलवारलाई श्री सिद्धदेवी कृषि सहकारी संस्था इलामको नाममा रहेको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा त्यहीँ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटना गराउने एम्बुलेन्स र इलाम माइजोगमाई ३ का ३६ वर्षे सुजन प्रधानलाई नियन्त्रणमा लिएको जनाएको छ ।