इटहरी,१४ कार्तिक । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आगो लागेर एक जना महिलाको मृत्यु भएको छ ।चुल्हामा डिजेल हालेर आगो सल्काउने क्रममा घरमा आगोलागेको थियो ।आगलागीमा परेर ३३ वर्षे कमला गौतमको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
आगलागी भएको जानकारी पाएर हर्कपुर प्रहरी चौकीबाट पुगेको प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।
सोमबार साँझ खाना पाउने तरखर गर्दैगर्दा आगलागीमा परेर मृत्यु भएकी गौतमको शव परीक्षणका लागि जिल्ला अस्पताल ओखलढुंगामा लगिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।