दुर्घटनामा प्रहरी हवल्दारसहित तीन जनाको मृत्यु

दमक, १२ कार्तिक । प्रदेश एकका विभिन्न ठाउँमा शुक्रबार राती भएका अलग अलग दुर्घटनामा परेर एक जना प्रहरी हवल्दारसहित तीन जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार शुक्रबार साँझ साढे ६ बजे ईलाम नगरपालिका वडा नं १० शिलपुरस्थित भित्रि कच्ची सडक खण्डमा नामसालिङबाट तिनघरे तर्फ जादै गरेको पिकअप सडकबाट तल खसेर भएको दुर्घटनामा माइजोगमाई ४ का ५१ बर्षिय पदम देवानको मृत्यु भएको हो ।
प्र१–०३००१च००२० डबल क्याब पिकअप खराब सडकका कारण अनियन्त्रित भएर सडकबाट अन्दाजी एक सय फिट तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार देवानको मृत्यु भएको हो ।
सोही पिकअपमा सवार २९ बर्षिय बिश्वास देवान र रबिन देवान सामान्य घाइते भएका छन ।
त्यसैगरी सोही दिन राती ८ बजे ईलामको सुर्योदय नगरपालिका वडा नं ९ बरबोटेस्थित फिक्कल पशुपति पक्की सडक खण्डमा फिक्कलबाट पशुपतिनगर तर्फ जादै गरेको मोटरसाइकल सडक छेउमा रहेको अलकत्र फिटने मेसिनमा ठोक्किदा प्रहरी हवल्दार दिनेश राईको मृत्यु भएको हो ।
प्र१–०१–०१३प ८०१३ नम्बरको मोटरसाइकलका चालक प्रहरी हवल्दार राईको फिक्कल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राई सुर्योदय ३ घर भइ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत रहेको बताइएको छ । सो दुर्घटनामा ३६ बर्षिय युबराज राई सामान्य घाइते भएका छन् ।

त्यसैगरी शुक्रबार राती साढे ९ बजे मोरङ ,ग्रामथान ५ बांगेचोकस्थित बिराटचोक घिनाघाट पक्कि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र.१–०१–०१३ प ८०१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ ,पथरी शनिश्चरे ७ का २० बर्षिय सनम थापाको मृत्यु भएको छ ।
त्यसैगरी सोही राती सुनसरीको दुहबी २ पचिरास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश न.३–०२–०१२ प २६४७ नम्बरको मोटरसाइकल आफैं अन्यन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ ग्रामथान ३ का ३२ बर्षिय उमेश कुमार माझी गम्भिर घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published.