दमक निवासी कांग्रेस क्षेत्रीय प्रतिनिधि देवानको निधन

दमक,१२ कार्तिक । दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सदस्य तथा दमक १ बाट निर्वाचित कांग्रेसका क्षेत्रीय प्रतिनिधि हिमालचुङ देवानको निधन भएको छ ।
लामो समयदेखि पेट सम्बन्धि समस्याबाट थलिएका देवानको उपचारका क्रममा आज शुक्रबार बिहान ८ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको कांग्रेसका १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका दमक बहमुखी क्याम्पसका पूर्व स्ववियु सभापति अइन्द्र केरुङले जानकारी दिए । स्वर्गीय देवानका श्रीमती, एक छोरा , आमा र दुई दाजुभाई रहेको जनाइएको छ । उनको पार्थिव शरिर आज शुक्रबारनै काठमाडौंबाट दमक ल्याउने तयारी भइरहेको केरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.