मोटरसाईकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु,दुई घाईते

मृतक अधिकारी

गौरादह,१२ कात्तिक । झापाको गौरादहमा तीव्र गतिका दुई वटा मोटरसाईकल एकापसमा ठोक्किदा आज विहान एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार विहान ८ वजेतिर गौरादह ४ स्थित स्कुलचौन – चाप्रामारी धरधरे सडक खण्डमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुदाँ मे ९ प २७०३ का मोटरसाइकल चालक गौरादह नगरपालिका ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक नेपाली कांग्रेसको क्षेत्रीय सदस्यका उम्मेदवार भएका थिए ।
अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाई छ । सो दुर्घटनामा परेर ५४१६ नम्बरको मोटरसाइकलका चालक गौरादह ५ चप्रामारीका ३० बर्षिय अनुप राजवंशी र पछाडी सवार १६ बर्षिय ललित शर्मा घाईते भएका छन् । उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.