
दमक ,११ कार्तिक । दमक- ४ स्थित कृष्ण मन्दिर चौकबाट दक्षिण जाने मितेरी सडक निर्माणकै क्रममा अलपत्र छाडिएको भन्दै नेपाली कांग्रेस दमक- ४ वडा समितिले सडक डिभिजन कार्यालय दमकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सडक निर्माण सुरु गरेर लामो सययदेखि अलपत्र छाडिँदा दुर्घटना बढेको साथै धुलोका कारण वायु प्रर्दुषण बढेर आसपासका बासिन्दाको स्वास्थ्य गंभीर समस्या देखिन थालेको भन्दै बुधबार कांग्रेस वडा समितिले डिभिजन सडक कार्यालय दमकका ईन्जिनियर अनुप साउदेनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यस समस्याको बिषयमा मौखिक रुपमा पटक पटक जानकारी गराउँदा समेत सडक कार्यालयले वेवास्था गरेका कारण लिखित ध्यानाकर्षण बुझाईएको कांग्रेस वडा सभापति राजेन्द्र सिटौलाले जानकारी दिए ।
कृष्णमन्दिर चौकबाट १ किलो मिटर ७ सय मिटर कालोपत्र र थप ७ सय मिटर नाला बनाउने गरी २०७७ माघ २८ मा काम सक्ने गरी ठेक्का लागेकोमा जरिवाना तिरेर म्याद थप गरेको सडक डिभिजन कार्यालयका ईन्जिनियर साउदेनले जानकारी दिए । सडक निर्माणको जिम्मा भिमचन्द्र भट्टराईको सरोज जेभि र पशुपति बरालको वल्र्ड ट्रेड जेभिले ठेक्का लिएको छ ।