स्वास्थ्य कार्यक्रमसम्बन्धी बार्षिक समीक्षा

पथरीशनिश्चरे, १० कार्तिक ।मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा सम्पन्न भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यका कतिपय कार्यक्रम प्रदेशकै नमूना कार्यक्रम बनेको र कतिपय कार्यक्रम उत्तिकै ध्यान दिएर प्रभावकारी बनाउनु पर्ने औल्याईएको छ ।
नगर प्रमुख राईले स्वास्थ्य कर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाको थप सक्रियतामा सवै कार्यक्रम प्रभावकारी बनाउन सुझाव समेत दिए।
कार्यक्रममा नगर अस्पतालको कार्यक्रमका बारेमा जगत मगर र याम खड्काले जानकारी गराए। आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नम्बर १, मोरङ हस्पिटल प्रालि लगायतले आफ्ना कार्यक्रम एवम् गतिविधिका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधिको समेत सहभागिताको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र शाखाका एकराज खत्रीले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए।

Leave a Reply

Your email address will not be published.