नेपाल लाईब्रेरी फाउण्डेशनको पुस्तक चर्चा कार्यक्रम

दमक ,११ कार्तिक । नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा शनिवार दमकमा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा दुई दर्जन भन्दा बडी स्रष्टाहरुले आफुले पढेका पुस्तकाका बारेमा चर्चा गरेका थिए । पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्साेन को “अल्फ्रेड नेटवर्क अफ ईनोभेसन“ पुस्तकको बारेमा,बिशिष्ठ अतिथिहरु पर्शुराम परासरले कवि बिमल अर्यालको “आवरण“ कविता सङ्ग्रहको बारेमा, बिन्दु दहाल मुकदर्शकले स्पन्दन बिनोदको “अविरल“ कविता सङ्ग्रहकोबारेमा , शारदा पराजुलीले प्रदिप रत्न शाक्यको “म सडकको प्रतिबिम्व “को बारेमा आफनो धारणा राखेका थिए ।
त्यसैगरि, साहित्यकारहरु ओमप्रसाद खनालले उमानाथ भट्टराईको “अचल“ महाकाव्यको बारेमा, मेघनाथ बन्धुले निर्मल भण्डारी र मणीराज जोशीको “निर्मलमणि“ कविता सङ्ग्रहको बारेमा ,रामकुमार उपाध्यायले गोपाल गड्सेको “गान्धि हत्या र म“ पुस्तकको बारेमा, भगवती दवाडीले कवि ओम खनालको “निलो आकाश“ कविता सङ्ग्रहको बारेमा ,बिवेक दुलाल क्षेत्रीले अप्सरा पुडाशैनीको “कुकुर बेचेर कोशेली“ पुस्तकको कारेमा र बिरेन्द्र खड्काले नवरङ्ग साहित्यिक पत्रिकाको बारेमा चर्चा गरेका थिए । साथै, श्रष्टाहरु दुर्गा काफ्ले,गोपाल दाहाल,किराँती राजा, बाशु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामना सहित रचना वाचन गरेका थिए ।
कार्यक्रम नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल लाईब्रेरी फाउण्डेशन झापाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.