दमक,१० कार्तिक । झापाको कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले आयोजना गरिआएको सगुन साँझ सांगीतिक कार्यक्रम यसबर्ष यहि कार्तिक १४ गते हुने भएको छ ।
दिपावलीका अवसरमा आयोजना हुदैआएको क्लवको सामूहिक देउसीभैलीसहित सांगीतिक साँझ कार्यक्रम यसवर्ष १६ औ संस्करण हो । सांगीतिक साँझसहित देउसीभैली कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी भईरहेको क्लवका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए ।
उनका अनुसार सांगीतिक साँझलाई सदाझै मनोरञ्जन प्रदान गर्न राष्ट्रिय गायिका टीका प्रसाई तथा स्थानीय कलाकारहरुको आर्कषक गीत तथा नृत्यहरु प्रस्तुत हुने छन् ।
मंगलबारे वजारको प्राङगणमा हुने सांगीतक साँझ ५ वजेदेखि १० वजेसम्म हुने छ । विगत वर्षहरुदेखि दिपावलीमा क्लवले सामूहिक रुपमा देउसीभैलीसहित सांगीतिक कार्यक्रम गरिआएको क्लवका सचिव रोशन दाहालले बताए ।
पूर्वकै उत्कृष्ठ भलिबल प्रतियोगिता गरेर आफनो छुट्टै पहिचान बनाउन सफल यस क्लवले खेलकुदसहित युवाको व्यक्तित्व बिकास निर्माण गर्न तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिआएको छ ।