उप्रेती भन्छन्, –‘ काम गर्न क्षेत्रीय सचिवको उम्मेदवार हुँ ’

मुकुन्द उप्रेती -दमकका एक सफल व्यवसायी संगै सामाजिक कार्यकर्ता हुन् । सामाजिक कार्यसंगै व्यवसाय र राजनीतिमा सक्रिय उप्रेती नेपाली कांग्रेसको आसन्न क्षेत्रीय अधिबेशनको निर्वाचनमा सचिवका आकांक्षी हुन् ।
कांग्रेस दमकको निर्वतमान कार्यसमिति सदस्य , दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य , दमक जेसीजका विभिन्न जिम्मेवारी सम्हालिसकेका युवा व्यक्तित्व उप्रेती कांग्रेस क्षेत्र नम्बर ५ को नजिकिएको निर्वाचनमा सचिवको उम्मेदवारी प्रस्तुत गरिआएका छन् । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेका उनी सिन्सु इन्टरप्राइजेज ( हिमाल रेमिट्यान्स ) का सञ्चालक हुन् ।
दमक ९ निवासी रेमिट्यान्स व्यवसायी समेत रहेका ४७ उप्रेती पार्टीमा विशुद्ध योगदान पुरयाँउनका लागि आफूले सचिव पदमा दावेदार भएको स्पष्ट पार्छन् ।
प्रस्तुत छ ,उनै सचिव पदका उम्मेदवार उप्रेतीसंग यिनै सेरोफेरोमा गरिएको कुराकानी
:

कांग्रेसको राजनीतिमा कसरी आउनुभयो ?
पारिवारिक वातावरणको प्रभावले पनि कांग्रेसमा आर्कषित भएको होला । राजनीति सुजवुझ जाने पछि तरुण दलबाट पार्टीमा नजिकिएको हुँ । त्तत्कालीन राजगढ गाविसमा तरुण दल स्थापना गरेर पार्टी संगठनमा आर्कषित भएको हुँ । त्यसवेला तरुण दलको गाउँँ सभापति भएर पाँच बर्ष संगठनको नेतृत्व गरेका थिए ।
पछि बसाईका क्रममा दमकमा आएर पनि पार्टीमा सक्दो पद तथा पद बाहिर रहेर कांग्रेसको संगठन निर्माणमा काम गरिआएको छु ।
राजनीति के हो ? के बुझेर राजनीकितमा आउनुभयो ?
संक्षेपमा भन्ने हो भने, मैले जाने,देखेको राजनीति भनेको समाजसेवा हो । जुन एउटा पद्धतिबाट सञ्चालन हुन्छ,जनताका बीचबाट अनुमोदित हुने छन् । तर, राजनीतिमा बेला बेला विकृति जन्मिदै गएका छन् । जसले समग्र व्यवस्था माथिनै असर पुरयाँउने छ ।
राजनीतिमा क्षणिक स्वार्थ हुनुहुदैन्, त्यसो त राजनीति व्यापार,व्यवसाय पनि होइन् । राजनीतिलाई नेतृत्वमा पुग्ने मात्र माध्यम बनाइनु ठिक होइन् । सामान्यतया मैले यहि बुझेर कांग्रेसको विचार,उद्देश्यबाट राजनीतिमा संगठित छु ।

म जहाँ जुन पदमा बस्छु, त्यही पद कहिल्यै दोहोरयाँएको छुइन् । नेतृत्व विकास गर्ने हो, जुन एकै ठाँउबाट प्राप्त गर्न सकिदैन् । नेतृत्व सवल रुपमा विकास गर्ने हो भने नेतृत्व कसैले दोहोरयाउनु ठिक हुदैन् ।मैले त्यही विचारका साथ हिजो नगर सदस्य हुदै यसपटक क्षेत्रीय सचिवको उम्मेदवार वन्ने निधो गरेको छु । भोलि सचिव भएर अर्को अधिबेशनमा फेरि सचिव पक्कै वन्ने वा चुनाव लड्ने वाला छैन् । त्यसैले यसपटक , एकपटक सचिवको जिम्मेवारी सम्हाल्न आन्तरिक परीक्षामा उभिएको छु ।

…………………………………………………………………………………………………………………………………………………………..


कांग्रेस दमकको निर्वतमान कार्यसमिति सदस्य भएर पनि काम गर्नुभयो होइन ?
हो , कांग्रेस दमक नगर समितिको निर्वतमान कार्यसमिति सदस्य भएर पार्टी संगठनमा आफनो जिम्मेवारी अनुसार काम गरेको छु । सदस्य भएर पार्टी संगै मूलत उद्योगी,व्यवसायीहरुको सांगठानिक भूमिकामा बसेर पनि कतिपय ठाँउमा आफूले सक्दो काम गरिआएको छु ।
दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा समेत बसेर काम गर्दा लोकतान्त्रिक व्यवसायीहरुलाई संगठीत गराउने तथा संस्थागत रुपमा वाणिज्य संघमा पार्टी निकटका व्यवसायीहरुलाई जिताउन आफनो ठाँउवाट अगुवाई गरिआएको विदितै छ । लोकतान्त्रिक व्यवसायी संघको महासचिव तथा पार्टीले गठन गरेको शिक्षा,भवन निर्माण ,भित्तेपात्रो प्रकाशन उपसमिति लगायतका विभिन्न उपसमितिहरुमा बसेर काम गरेको छु ।
कांग्रेसको महाधिबेशन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सचिव पदका आकांक्षी पनि हुनुहुन्छ ? तपाईको उम्मेदवारीनै किन ?
राम्रो प्रश्न उठाउनुभयो । यतिखेर पार्टीमा आन्तरिक नेतत्वका लागि निर्वाचन जारी छन् । जसअन्तगर्त वडादेखि पालिकासम्मको निर्वाचन सम्पन्न भइसकेका छन् । धेरै साथीहरु वडादेखि पालिकासम्म पार्टीको नेतृत्वमा चुनिएर आउनुभएको छ भने कतिपय साथीहरु जिम्मेवारी बाहिर रहनुपर्ने अवस्था निर्माण भएका छन् । पार्टी भित्रको यो लोकतान्त्रिक अभ्यासले गर्दा नै कांग्रेस तमाम नेपाली जनताका बीचमा स्थापित छ ।
जहाँसम्म मेरो उम्मेदवारी भनेको मजवुत कांग्रेस बनाउने नै हो । हिजोको पार्टी भन्दा परिर्तवन भएको पार्टी संगठन निर्माण गर्न मेरो भूमिका हुने छ । परिवर्तन पक्षधरका संवाहक हामीनै भएकाले पनि पार्टी बलियो बनाउन पनि मैले यसपटक र एकपटक मात्र क्षेत्रीय सचिवमा उम्मेदवारी प्रस्तुत गरिआएको छु ।
त्यस्तै, कांग्रेसको पार्टी संगठन निर्माणमा जेजति काम गरे ती अनुभवलाई थप अगाडी बढाउन पनि मैले क्षेत्रीय सचिव पदमा आफूलाई योग्य ठानी उम्मेदवारी प्रस्तुत गरेको छु । आशा छ, यहाँहरुले पक्कै पनि त्यो जिम्मेवारी दिनु हुने छ ।
सचिवमा यसपटक र एकपटक भन्नुभयो, स्पष्ट गरिदिनुस न ?
म जहाँ जुन पदमा बस्छु, त्यही पद कहिल्यै दोहोरयाँएको छुइन् । नेतृत्व विकास गर्ने हो, जुन एकै ठाँउबाट प्राप्त गर्न सकिदैन् । नेतृत्व सवल रुपमा विकास गर्ने हो भने नेतृत्व कसैले दोहोरयाउनु ठिक हुदैन् ।मैले त्यही विचारका साथ हिजो नगर सदस्य हुदै यसपटक क्षेत्रीय सचिवको उम्मेदवार वन्ने निधो गरेको छु । भोलि सचिव भएर अर्को अधिबेशनमा फेरि सचिव पक्कै वन्ने वा चुनाव लड्ने वाला छैन् । त्यसैले यसपटक , एकपटक सचिवको जिम्मेवारी सम्हाल्न आन्तरिक परीक्षामा उभिएको छु ।
अर्को कुरा मेरो यो नितान्त विचार के पनि हो भने, पार्टीमा पनि यदि नेतृत्व प्रणाली त्यसैअनुसार लागू गर्न सके अवश्य पनि नेतृत्वको विकास संगै पार्टीनै सुढृण हुने छ जस्तो लाग्छ । यदि त्यसो गर्न सकिएन भने कम्तिमा एक व्यक्ति एक पदलाई पार्टी भित्र लागू गर्न सके त्यसले सिंगो पार्टी मजवुत हुने छ ।
परिर्तनका पक्षधर हामी हौ भन्नुभयो ? कसरी ?

राम्रो जिज्ञासा उठाउनुभयो । परिवर्तनका पक्षधर हामी युवाहरुनै हो । मैले अघि पनि भनेको थिए , कांग्रेस हिजोकै चालले अव चल्ने वाला छैन् । समय अनुसार कांग्रेसले आफूलाई रुपान्तरण गर्दे लैजानु पर्छ । तसर्थ, त्यो रुपान्तरण गर्ने शक्ति एउटा संवाहक शक्ति युवाहरुनै हुन् । यो आन्तरिक निर्वाचनमा पनि सचेत युवाहरुले परिर्तवन चाहने नेतृत्व चुन्नुपर्छ । व्यक्ति शक्तिशाली होइन पार्टी बलियो बनाउने ध्येय हुनुपर्छ ।
आन्तरिक निर्वाचनमा खेमा खेमा भएर नेतृत्व हुत्याउन कसिएका छन् नी ?
यो स्वाभाविक हो । एउटा परिवार भित्र त विचार वेमेल हुन्छ भने यो त वृहत पार्टी हो । अधिबशन ताका विचार बेमेल हुनु स्वाभाविक नै हो । तर पार्टीको आन्तरिक जीवनमा भने यसले कमजोर बनाउनु हुदैन् । कांग्रेसमा देखिएको यस्तो समूह ,गुट पार्टी प्रति इमान्दार र बफादर पक्कै हुनुपर्छ । जहाँसम्म विचार स्वार्थमा डुव्यो भने त्यसले समग्र पार्टी संगठनमा असर गर्छ ।
अहिले केन्द्र देखि स्थानीय तहसम्म कांग्रेसमा मात्र होइन अन्य राजनीतिक दलहरुमा पनि यस्ता समूह ,गुटहरु प्रशस्त देखिएका छन् । त्यसलाई त्यत्रो चिन्ताको विषय ठानिनु हुदैन् । लोकतान्त्रिक पार्टी भित्र यस्तो समूह,गुट हुनु स्वभाविक हो , तर हावी बनाउनु ठिक होइन् । त्यसतर्फ आम पार्टीका कार्यकर्ताहरुको ध्यान जानुपर्छ ।
व्यवसाय र राजनीतिलाई संगसंगै लैजानु भएको छ नी ?
राजनीति गर्ने हरेक मान्छे व्यवसाय वन्नै पर्छ । आर्थिक रुपले सवल भए मात्र राजनीतिमा स्वच्छता बन्ने छ । जहाँसम्म हामी जस्ता युवाहरुले आफनो भविष्य निर्माण गर्न व्यवसाय वन्न जरुरी छ जस्तो लाग्छ । मैले त्यही वुझेर दमकमा लामोसमयदेखि रेमिट्यान्सको व्यवसाय गरिआएको छु ।
अन्तमा केहि भन्नु छ की ?
हामी पार्टीको आन्तरिक चुनावमा होमिएका छौ । आन्तरिक चुनाव लगत्तै स्थानीय तहसंगै अन्य चुनावहरु आउदैछन् । यो पार्टीको निर्वाचनले जनप्रतिनिधि चुन्ने चुनावमा असर देखिनु हुदैन् । कस्तो पार्टी नेतृत्व चुन्ने ? यो महत्वपूर्ण घडीमा पक्कै पनि यस क्षेत्रबासी पार्टीका अग्रज,क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरुले विवेक पुरयाँउनु हुने छ भन्ने लाग्छ । योग्य मान्छेलाई नेतृत्वमा लैजान आग्रह गर्दछु । र यहाँहरुले निश्चय पनि सचिवको जिम्मेवारी दिएर पार्टीमा काम गर्ने भूमिका निर्वाह गरिदिनु हुने लागेको छ । तपाईले दिनुभएको जिम्मेवारीलाई एक इन्च पनि तलमाथि वेइमान गर्ने छैन् । राजनीतिमा भ्रष्ट ,पदलोलुप्ताको अन्त्य गर्ने गरि पार्टी संगठन निर्माणमा तल्लीन भएर आफनो जिम्मेवारी पूरा गर्ने तपाईको मिडियामार्फत पनि प्रतिवद्धता जाहेर गर्दछु । अन्तमा आफनो कुरा राख्ने अवसर दिनु भयो, तपाई लगायत सिंगो मिडियाका साथीहरुप्रति आभार प्रकट गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published.