एमालेको दमक र कमलमा सर्वसम्मत नेतृत्व चयन

अध्यक्ष: गेहनाथ पोख्रेल


दमक, १० कार्तिक ।
नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा गेहनाथ पोख्रेल चुनिएका छन् । पार्टी कार्यालयमा मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
नगर कमिटीको उपाध्यक्षमा मेदनी खरेल, सचिवमा इन्द्र गुरुङ, सहसचिवमा सन्तोष दुलाल सर्वसम्मत चयन भएका छन्।
यस्तै कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा प्रेमबहादुर पोखरेल, उपाध्यक्षमा पिपि राई, सचिवमा हरि ढकाल, उपसचिवमा चन्द्रकला ढकाल र विरेन्द्र अधिकारी चयन भएको नेकपा एमाले झापाका कार्यालय सचिव शिव ढुंगेलले बताए ।

Leave a Reply

Your email address will not be published.