दमक ,१० कार्तिक । झापाको कमल गाउँपालिका -६ स्थित दही चौंकमा शुक्रबार एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
रेडक्रस कमल उपशाखाको आयोजनामा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता र कमल ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराईको बिशिष्ट आतिथ्यतामा एक दिने शिविरमा सो शिविरमा दाँत र हाडजोर्नीका १५० बढी विरामीले स्वास्थ्य परीक्षण गरेका छन् ।
दमक ६ फर्निचरलाइनस्थित डाक्टर्स क्लिनीक तथा फिजीयोथेरापीको प्राबिधिक सहयोग र गेउरीया टोल बिकास संस्थाको ब्यवस्थापनमा भएको शिविरमा विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो । शिविरमा डाक्टर क्लिीनिकका डा.नवीन सिंह,डा.अरुण साह,डा. सुनिल झा,डा.नवनित झासहितका स्वास्थ्यकर्मीहरुको टोलीले सहयोग पुरयाँएका थिए ।
शिविरको उद्घाटन गर्दे गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस किसिमको स्वास्थ्य शिविरबाट प्रत्यक्ष रुपमा आर्थिक अवस्था कमजोर भएका अतिविपन्न परिवार लाभान्दित हुने विश्वास व्यक्त गरे । शिविरमा आयोजक संस्था रेडक्रसका उपशाखा सभापति चन्द्र साह, सचिव पारषमणी राई ,कोषाध्यक्ष प्रमोद दाहाल ,प्राविधिक टोली लगायतको उपस्थिति रहेको थियो ।